Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्ने

    आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्ने

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । गत वैशाखदेखि जारी विलासीता तथा अतिरिक्त वस्तुहरुको आयात प्रतिवन्ध अझै लम्बिने भएको छ ।

    सरकारले गत वैशाख १३ गतेदेखि गाडीलगायत सुर्तीजन्य तथा मदिराजन्य वस्तु, खेलौना, लेज, कुर्मुरे, कस्मेटिक सामग्री लगायतका १० प्रकारका वस्तुहरुको आयात प्रतिवन्ध लगाएको थियो । सोही प्रतिवन्ध थप कायम हुने भएको हो ।



    यसअघि जेठ १३ गतेसम्मका लागि यी वस्तुहरुको आयातमा एलसी प्रतिवन्ध लगाएकोमा थप प्रतिवन्ध लम्ब्याउँदै सरकारले भदौ १४ गते (आजसम्म) सारेको थियो ।



    तत्कालका लागि प्रतिबन्धित आयात खुल्ला गर्ने स्थिति नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तर, कहिलेसम्म यस्तो प्रतिवन्ध जारी रहन्छ, सो भने मन्त्रालयले खुलाएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार