Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रतिबन्धित औषधिसहित सामाखुशीबाट थापा पक्राउ

काठमाडौं । प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना महिलालाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

सामाखुशीमा मेडिकल खोलेर प्रतिबन्धित औषधि ट्रमाडोल हाइड्रोक्लोराइड लगायतका औषधीहरू बिक्री गर्ने गोरखा सिलुकोट नरपालिका–९ कि २९ वर्षीय सुस्मा थापालाई पक्राउ गरेको हो ।

उनलाई निरुपा फार्मेसीबाट प्रतिबन्धित औषधिसहित सोमवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई औषधि ऐन–२०३५ अन्तर्गत कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार पठाएको छ ।

प्रहरीले फार्मेसीबाट ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सूल १०, डाइनामाइन हाइड्रोक्लोराइड ९०, डेक्ट्रोमेथोराफ हाइड्रोक्लोराइड २६५ ट्याबलेटलगायतका विभिन्न औषधिहरू पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077