Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनका लागि भदौ २१ गतेभित्र उम्मेदवार सिफारिस गर्न लोसपाको परिपत्र

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आम निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्न प्रदेश र जिल्ला कमिटीहरुलाई परिपत्र जारी गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले भदौ १९ गतेदेखि २१ गतेभित्र उम्मेदवारको सिफारिस पठाउन ८ बुंदे परिपत्र जारी गरेका हुन् ।

पार्टीको क्षेत्रिय समितिको बैठकबाट प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षतर्फ सहमति भए एक जना र सहमति नभए एक महिलासहित अधिकतम ३/३ जनाको नाम सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

समानुपातिकतर्फ उम्मेदवारको सिफारिस गर्दा महिलालाई प्राथमिकता दिने एवं यथासंभव आदिवासी, जनजाती, खसआर्य, थारु, दलित, मधेशी तथा मुस्लिम अनुसारको कलस्टर बमोजिम नाम पठाउन भनिएको छ ।

प्रदेश समितिले प्रदेशभित्रका जिल्लाहरुबाट सिफारिस भई आएका नामावलीहरुमा आफ्नो राय सुझावसहित भदौ २५ गतेसम्म केन्द्रीय कार्यकारिणी समितिमा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077