Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मानव बेचबिखन मुद्दाका फरार व्यक्ति मकाउबाट समातिए

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ दोर्दी गाउँपालिका-१ भर्तेका ३८ वर्षीय नारायणप्रसाद अधिकारी रहेका छन् ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न मानव बेचबिखन ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।

इन्टरपोल मकाउको समन्वयमा उनलाई प्रहरीले मकाउमा पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अधिकारीले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानडियन कम्पनीमा रोजगारी मिलाइदिने प्रलोभनमा पारेका थिए । उनलाई थप कारबाही तथा अनुसन्धानको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077