Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लागुपदार्थसहित पोखराबाट चारजना पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाको दुई स्थानबाट ५१० एम्पूल लागुपदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काका अनुसार भदौ १३ गते पोखरा महानगरपालिका–३० पावर हाउस चोक स्थित वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा खानतलासी गरेको थियो।

त्यसक्रममा उक्त बसमा सवार पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने २२ वर्षिय अजय जि.सी., अन्नपूर्ण गाउँपालिका–११ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१६ दीप बस्ने २९ वर्षीय मिलन गुरुङ र दीपकै दाजु ४० वर्षिय सन्तोष गुरुङ पक्राउ परेका हुन्।

उनीहरूको साथबाट नुर्फिन ७० एम्पुल, डाईजापाम ७० एम्पुल र फेनरागन ७० एम्पुल गरी कुल दुई सय १० एम्पुल लागू औषध सहित पक्राउ गरिएको हो।

यस्तै गोरखाको भिमसेनथापा गाउँपालिका–३ स्थायी घर भई हाल जिल्ला चितवनको रत्ननगर नगरपालिका–१३ माधवपुरमा बस्दै आएका २५ वर्षिय समीर कोइराला पनि पक्राउ परेका छन्। उनको साथबाट नुर्फिन एक सय एम्पुल, डाईजापाम एक एम्पुल र फेनरागन एक सय एम्पुल गरी कुल तीन सय एम्पुल लागू औषध बरामद भएको छ।

पक्राउ परेका चार जनालाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077