Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ठमेलबाट लागुऔषध एम्पुलसहित तीन जना पक्राउ

काठमाडौं । लागुऔषधसहित प्रहरीले ठमेलबाट तीन जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–८ कि २३ वर्षीया अनिशा देउला, गल्छी गाउँपालिका–६ कि २१ वर्षीया सिर्जना गर्तौला र भारतको बिहार सीतामढी बेरगिनियाका १९ वर्षीय रक्की भनिने धिरज कुमार रहेका छन्।

उनीहरुबाट प्रहरीले २७ सय एम्पुल लागुऔषध बरामद गरेको छ। भदौ १३ गते एक महिलाको मोबाइल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई लागुऔषधसहित प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको हो।

मोबाइलको अनुसन्धान गर्ने क्रममा देउलाको ठमेल नयाँबजारस्थित कोठाबाट उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077