Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिलालाई अश्लील भिडियो पठाएर हैरान बनाउने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरो भोटाहिटीको टोलीले सामाजिक सञ्जाल भाइबर, इन्स्टाग्राममार्फत साथी बनाई महिला तथा नाबालिकालाई

अश्लील भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सामाजिक सञ्जालमार्फत साथी बनाई विभिन्न लोभलालच देखाई पीडित महिलालाई अश्लीलता प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमार्फत प्रशारण गरिदिने भनी मानसिक यातना र दुःख हैरानी दिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077