Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पेस्तोल र भरुवा बन्दुकसहित बाँकेबाट एकजना पक्राउ

दाङ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियागाउँमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

बुधबार विहान अबैध हातहतियार रहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षक विरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले छविलाल केवटलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान १, लोडगरी राखेको भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका ९ थान बरामद गरिएको छ ।

केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077