Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अन्डरवर्ल्ड डन दाउदको सूचना दिनेलाई २५ लाख पुरस्कार घोषणा

एजेन्सी । भारतको राष्ट्रिय अनुसन्धान विभागले अन्डरवर्ल्ड डन दाउद इब्राइमको बारेमा सूचना दिनेलाई २५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

इब्राइम ‘डी कम्पनी’ नामक गैरकानूनी ग्याङका सञ्चालक हुन् । यो ग्याङले भारतमा हतियार, विस्फोटक पदार्थ, लागूपदार्थ र नक्कली भारतीय रुपैयाँ तस्कर गर्दै आएको छ ।

‘डी कम्पनी’ ले भारतमा विभिन्न समयमा आतकंवादी हमलासमेत गराउँदै आएको छ । अनुसन्धान विभागले दाउदसँगै उनका भाइ तथा निकटत्तम सहयोगी अनिज इब्राइम उर्फ हाजी अनिज,

जाबेद पटेल उर्फ जाबेद चिक्ना, शकिल शेख उर्फ छोटा सकिल, अब्दुल राजाक मेमोन उर्फ टाइगर मेमोन र इब्रायिम मुस्ताकको नाममा पनि २० लाख र १५ लाख भारु पुरस्कार तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077