Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

हत्या प्रयासबाट जोगिइन् अर्जेन्टिनाकी उपराष्ट्रपति, आक्रमणकारी पक्राउ

एजेन्सी । अर्जेन्टिनाकी उपराष्ट्रपति हत्याको प्रयासबाट बालबाल बचेकी छन् । आक्रमणकारीले उनलाई लक्षित गरेर बन्दुक तेर्साएपनि उक्त बन्दुक ‘जाम’ भएकोले उनी बच्न सफल भएकी हुन् ।

क्रिस्टिना फर्नान्डेज डे क्रिच्नरले आफ्नो घरबाहिर समर्थकहरूलाई भेटघाट गर्ने क्रममा एक व्यक्तिले उनको अनुहारमा बन्दुक तेर्साएका थिए ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजका अनुसार उक्त बन्दुकमा पाँचवटा गोली लोड गरिएको भए पनि त्यो पड्किन पाएन ।

हाल भ्रष्टाचारको मुद्दा खेपिरहेकी क्रिच्नर अदालतबाट फर्किएकी थिइन् । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेकी छन् ।

प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077