Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोका कारण आज यी सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण दार्चुला, पाल्पा र चितवनमा सडक अवरुद्ध भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बिहीबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउदेखोलास्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रहरीले स्थानीय निकायसँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077