Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुराबाट आरजुको नाम समानुपातिकामा सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम डडेल्धुराबाट समानुपातिकमा सिफारिस गरिएको छ ।

कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्षबाट सिफारिस गरेको उनलाई डडेल्धुराबाट समानुपातिकमा पनि सिफारिस गरिएको हो ।

शुक्रबार डडेल्धुरा कांग्रेसको बैठकले उनलाई प्रतिनिधिसभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिस गरेको बताइएको छ ।

जिल्ला कार्यसमितिले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजु २०७० सालको चुनावबाट संविधानसभा सदस्य बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077