Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभा बैठक अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ । पहिलो प्रदेश सभाको कार्यकालको यो अन्तिम अधिवेशन पनि हो ।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको सिफारिस बमोजिम चालू बर्खे अधिवेशन शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी अन्त्यको आह्वान गरेका थिए ।

प्रदेश सभाको आज शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको अधिवेशन अन्त्य सम्बन्धी पत्रबमोजिम राती १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको घोषणा गरे ।

प्रदेश सभाको पाँच वर्षे कार्यकाल आगामी मंसिरमा समाप्त हुँदैछ । प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार पाँच वर्षे कार्यकालमा प्रदेश सभाले संशोधन विधेयकसहित ६७ वटा विधेयक पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077