Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महामन्त्री थापा भन्छन् – निर्वाचन आएपछि हारिएला कि भन्ने डर लाग्छ

काठमाडौं । नेपाली का‌ग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैं हुने गरेको बताएका छन् ।

काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

चुनावमा जित-हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढि सताउने गरेको उनले बताए।

विद्यार्थीहरुलाई पनि परीक्षामा फेल होइएलाकी भन्न डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको थापाले बताए ।

महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077