Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : भिल्लासँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भिल्लापार्कमा भएको खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-१ को बराबरीमा रोकिएको हो । यो नतिजाले गर्दा सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिन असफल रह्यो ।

खेलमा सिटीले ५०औं मिनेटमा इर्लिङ हाल्यान्डको गोलको मद्दतले अग्रता लिएको थियो । लिगमा उनको यो दसौं गोल हो । दोस्रो हाफमा भिल्लाका लागि लियोन बेलीले बराबरी गोल फर्काएका थिए ।

अहिलेसम्म भएका ६ खेलबाट सिटी १४ अंकका साथ दोस्रो स्थानमा छ भने आर्सनल पाँच खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । आइतबारको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077