Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘तटस्थ सरकार’ बनाउन माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरूको तटस्थ सरकार बनाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरूले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउन तटस्थ सरकार बनाउनुपर्ने बताएका हुन् ।

उनले निर्वाचनमा भाग नलिनेहरूको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए ।

सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरीत रहेको भन्दै संसद बैठक चलाउन नहुने बताए । उनले तटस्थ सरकार बनाउन पहल गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077