Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यासिनोहरुलाई सात दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ ।

महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै कर बुझाउन सात दिने अल्टिमेटम दिएका हुन् ।

महानगरले वडा नम्बर १ मा रहेको म्यारियटको डेल्टिन क्यासिनो होटल, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, वडा नम्बर २ स्थित क्यासिनो र्‍याट, र्‍याडिसन होटल, प्राइम इन्टरटेनमेन्ट एन्ड रिक्रियसन हायात होटल, माजोङ इन्टरटेनमेन्ट होटल सोल्टी, वडा नम्बर २६ स्थित बाल्को क्यासिनो होटल, एलप्ट, र बेली क्यासिनो मल्ल होटललाई मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको हो ।

यी क्यासिनोलाई कर बुझाउन पटकपटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५/०७६ देखि नै नबुझाएको महानगरले जनाएको छ । तोकिएको अल्टिमेटमभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ अनुसार कारबाही गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077