Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कैलाली-५ बाट नारदमुनी राना र क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट प्रतिनिधि सभामा सिफारिस

कैलाली । नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि लेखराज भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको छ।

आइतबार बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ४ बाट भट्टको नाम सिफारिस गरेको हो ।

एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्ट २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए । त्यतिबेला उनी माओवादी केन्द्रमा थिए ।

यस्तै कैलाली क्षेत्र नम्बर ५ मा संसदीय निर्वाचनका लागि नारदमुनी राना उम्मेदवार सिफारिस भएका छन् । यो निर्वाचन क्षेत्रमा उनी एकल सिफारिसमा परेका हुन् ।

कैलाली एमालेका इन्चार्ज समेत रहेका राना यसअघि यहाँ निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। उनले काँग्रेस नेतृ आरजु राणा देउवालाई हराएका थिए। यसपटक पनि उनको प्रतिस्पर्धा उनैसँग हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077