Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चौतर्फी आलोचनापछि संसदकाे आयु लम्ब्याउने निर्णयबाट पछि सरकार हट्याे, विधेयकलाई संशोधनमार्फत सच्याइने

    चौतर्फी आलोचनापछि संसदकाे आयु लम्ब्याउने निर्णयबाट पछि सरकार हट्याे, विधेयकलाई संशोधनमार्फत सच्याइने

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 777
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसद्मा दर्ता गरिएको विधेयक संशोधन हुने भएको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ र कानुनमन्त्री गोविन्दप्रसाद शर्माले छलफल गर्दै विधेयकमा संशोधन गरेर जाने सहमति भएको हो।



    मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानुन संशोधन प्रक्रियालाई सांसदहरुले हाल्ने संशोधनबाट सम्बोधन गर्ने तयारी गरिएको हो।



    गत शुक्रबार प्रतिनिधिसभामा दर्ता गराएको केही नेपाल ऐन संशोधन विधेयकमा प्रतिनिधिसभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिने व्यवस्था छ । प्रदेशसभाको हकमा पनि सोही प्रावधान लागू हुने उल्लेख छ ।

    निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानून संशोधन गर्दा आयोगसँग परामर्श गर्नुपर्नेमा आयोगलाई थाहै नदिई विधेयक पेश गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

    आयोगको आचारसंहिताले उम्मेदवारी मनोनयन अघि नै सांसद पदमुक्त हुने व्यवस्था गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार