Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तानमा एन्जिला

काठमाडौं । गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान नियुक्त भएकी छिन् ।

उनलाई महिला साफ च्याम्पियनसिपका लागि टिमको नेतृत्व दिइएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई प्रि-म्याच कन्फरेनसमा औपचारिक रूपमा कप्तान घोषणा गरेको छ । कप्तान रेनुका नगरकोटे घाइते भएकाले एन्जिलालाई यो अवसर जुरेको हो ।

असार २१ गते एसियन गेम्सको तयारीका क्रममा रेनुकाको बायाँ ब्युटिबोन भाँचिएर शल्यक्रिया गरिएको थियो ।

चिकित्सकको सल्लाहअनुसार तीन हप्ता मैदान बाहिर रहन परेपछि रेनुकाले घरेलु मैदानमा हुने साफ गुमाउँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077