काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा भारतले भुटानलाई ३–० ले पराजित गरेको छ ।
थाङलालसुन गंगटेले दुई गोल गरेपछि भारतले श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा भुटानलाई ३–० गोल अन्तरले हराएको हो ।
भारतले थाङलालसुनको गोलबाट दसौँ मिनेटमा अग्रता लिएको थियो । १६औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । भानलालपेका गुइटेले ४८औँ मिनेटमा अर्को गोल थपे ।
जितसँगै समूह ‘बी’मा रहेको भारतले तीन अंक जोडेको छ ।