काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले गणतन्त्रमा पनि पञ्चायतमा जस्तै हुने भए गणतन्त्र र पञ्चायमा के फरक भनेर प्रश्न उठाएका छन्।
उनले सरकारले ल्याएको संसद्को आयु बढाउने विधेयक फिर्ता लिनुपर्ने माग गरेका हुन्।
उनले भने ‘बहुदलमा पनि यस्तै भएपछि गणतन्त्र ल्याएका हौं। तर, अहिले के फरक भयो ? फरक नहुने हो भने पञ्चायतमै फर्के हुन्छ।’
सरकारले फिर्ता लिने भनेको सुनेको तर, कानुनमन्त्रीले संसद्मा नभनेकाले यसमा के हो भन्ने स्पष्ट हुनुपर्ने सुवालको भनाइ छ।