Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोसपा अध्यक्ष महन्थ ठाकुर बारा–४ बाट सिफारिस

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ ।

लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो ।

यसअघि महोत्तरीको निर्वाचन क्षेत्र नं ३ बाट पनि ठाकुरलाई सिफारिस गरिसकिएको छ ।

ठाकुर अहिले महोत्तरी ३ बाट प्रत्यक्ष तर्फ निर्वाचित संघीय सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077