Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्कंदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमण सकेर बुधबार स्वदेश फर्कने भएका छन् ।

नेपाली टोली बुधबार बिहान आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट व्यवस्थापक विनोद दासले जानकारी दिए ।

नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो ।

नेपाल आए पछि सबै खेलाडी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने छन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077