Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस, हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ

    नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस, हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 702
    SHARES

    बाँके । बाँकेको नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरिएको छ ।

    हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको हो ।



    समितिले प्रयाप्त सिचाइँ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।



    यस अघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोशेबालीको खेती गर्न सुझाव समेत दिएको थियो । नरैनापुर गाँउपालिकाले आफ्नो क्षेत्रलाई यस अघि सुख्खा क्षेत्र घोषणा गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार