Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : सिटी र रियल मड्रिड विजयी, चेल्सी पहिलो खेलमै पराजित

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । चेल्सी क्रोएसियाको डाइनामो जाग्रेबसँग १–० गोलले पराजित भयो ।

घरेलु मैदानमा जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । यस जितसँगै समूह ‘ई’ को जाग्रेबले पहिलो खेलमा ३ अंक जोडेको छ ।

अरु खेलमा जर्मनीको बोरुसिया डर्टमन्डले डेनमार्कको कोपनहेगनलाई ३–० ले, पोर्चुगलको बेन्फिकाले इजरायलको मक्काबी हाइफालाई २–० गोलले, इंलिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिल्लालाई ४–० गोलले हराएको छ । इटलीको एसी मिलान र अष्ट्रेलियाको आरबी साल्जबर्गले एक÷एक गोलको बराबरी खेलेका छन् ।

स्कटल्याण्डको सेल्टिकलाई स्पेनको रियल मड्रिडले ३–० गोलले हराएको छ । युक्रेनको सख्तर डोनेस्कले जर्मनीको आरबी लाइपजिगलाई ४–१ गोलले तथा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीले इट्लीको युभेन्ट्सलाई २–१ गोलले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077