Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • संसदमा उठ्यो अपूर्व क्षितिज सिंहको रिहाईको माग

    संसदमा उठ्यो अपूर्व क्षितिज सिंहको रिहाईको माग

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 690
    SHARES

    काठमाडौं । नेकपा एमालेले कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राखेको विषय प्रतिनिधिसभा बैठकमा उठाएको छ ।

    बुधबार बसेको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले ब्यङ्ग्य गरेकै आधारमा उनलाई थुनामा राख्नु गैरकानुनी भएको बताएका छन् ।



    १० दिनदेखि थुनामा रहेका उनले आफ्नो कमेडी पनि हटाएको भन्दै ब्यङ्ग्य गरेको आधारमा थुनामा नराख्न आग्रह गरे ।



    उनले भने, ‘म उहाँलाई शीघ्र रिहाई गर्न माग गर्छु ।’

    उनले हाल गठबन्धन सरकारका मन्त्रीहरु सुरक्षा गार्डले कर्के आँखाले हेर्यो भने पनि थुनाउने अवस्था रहेको बताए ।

    नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंह थुनामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार