Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अपूर्वको विषयमा हरिवंशले भने – माफी मागिसकेपछि मान्छेलाई माफी दिनुपर्छ

    अपूर्वको विषयमा हरिवंशले भने – माफी मागिसकेपछि मान्छेलाई माफी दिनुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 981
    SHARES

    काठमाडौं । कलाकार हरिवंश आचार्य पनि कमेडियन अपूर्वक्षितिज सिंहको पक्षमा बोलेका छन्।

    हरिवंशले अपूर्वले गल्ती महसुस गरेर माफी मागिसकेपछि पनि पुन: प्रकाउ गर्नु आवश्यक नरहेको बताएका हुन्।



    उनले भने, ‘अपूर्व क्षितिजले माफी मागिसक्नुभयो। माफी मागिसकेपछि मान्छेलाई माफी दिनुपर्छ। एउटा व्यक्तिलाई त्यसरी थुनिराख्नु जरुरी छ जस्तो लाग्दैन। माफी माग्नेभन्दा माफी दिने मान्छे महान हुन्छन्।



    माफी दिएपछि उहाँ अरु कामहरु पनि गर्नुहुन्छ। यस्तो गर्नु नहुँदो रहेछ भनेर उहाँ सचेत भइसक्नु भयो त्यसैले यो चिजलाई क्षमा दिनुपर्छ।’

    साथै आचार्यले कुनै पनि कमेडियनले व्यङ्ग्य गर्नुअघि धेरै अध्ययन गर्नुहुन समेत सुझाएका छन्। कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेसँगै यो विषय फेरि चर्चाको विषय बनेको छ।

    नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यङ्ग्य गरेको भन्दै अपुर्वविरुद्ध उजुरी परेपछि उनीलाई पक्राउ गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार