Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हरिवंश आचार्यले भने – सन्दुक रुइतलाई राष्ट्रपति बनाउन पाए देशको प्रतिष्ठा बढ्ला

    हरिवंश आचार्यले भने – सन्दुक रुइतलाई राष्ट्रपति बनाउन पाए देशको प्रतिष्ठा बढ्ला

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 537
    SHARES

    काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले भने नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई नेपालको राष्ट्रपति बनाउनुपर्ने धारणा राखेका छन् ।

    सामाजिक सञ्जालमा रुइतलाई बधाई दिँदै आचार्यले रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने तर्क गरेका हुन् ।



    उनी लेख्छन्, ‘मनमा कुरा घुमी रहन्छ। यो देशको अबको राष्ट्रपति नेत्र विशेषज्ञ डा शन्दुक रुइत लाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला ।’



    डा.रुइतले नेपालीको मात्र नभएर संसारकै ज्योतिविहिनहरुको आँखामा उज्यालो छरिरहेको आचार्यले बताएका छन् ।

    बहराइन सरकारले दश लाख डलरको इसा अवार्डबाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको उनले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार