Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मह जाेडीकाे फिल्म ‘महापुरुष’को ट्रेलर रिलिज (भिडिओ)

    मह जाेडीकाे फिल्म ‘महापुरुष’को ट्रेलर रिलिज (भिडिओ)

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’को ट्रेलर सार्वजनिक भएको छ।

    लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर सोमबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो।



    ट्रेलरमा एकल बुवाले बुढेसकालमा दोस्रो विवाह गर्दा आउने उतारचढावलाई देखाइएको छ। फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रुपमा प्रस्तुत गरिएको छ।



    कात्तिक ११ प्रदर्शनमा आउने फिल्ममा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सि‌ंह बानियाँ, अरुण क्षेत्री, गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल,

    प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायत कलाकारको अभिनय छ।

    दीपक बज्राचार्यले खिचेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ।

    षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार