Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हरिवंश भन्छन् – कसैलाई मद्दत गर्न सक्दिन, चुनाव प्रचारको आस नराख्नु

    हरिवंश भन्छन् – कसैलाई मद्दत गर्न सक्दिन, चुनाव प्रचारको आस नराख्नु

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 921
    SHARES

    काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले अगामी मंसिर ४ गते हुने निर्वाचनमा कुनै ब्यक्ति तथा पार्टीको सपोर्ट नगर्ने बताएका छन् ।

    उनले सामाजिक संजाल मार्फत एक पोष्ट गर्दै आफु सबैको भएको कारण कसैको पक्षमा लाग्न नसक्ने स्पष्ट पारेका हुन् ।



    उनले फेसबुकमा लेखेका छन्, ‘हामी सबै राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस हौँ। ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिह्न रोज्ने भन्ने कुरा स्वविवेक हो।



    तर, कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिँदैन। यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता, आत्मीयता, नातालाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचारप्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।’

    कलाकार सबैको साझा हुने भन्दै उनले कलाकारसँगको नाता र आत्मीयतालाई पवित्र राखेर प्रचारप्रसारको आस नगर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका हुन्।

    उनले चुनावमा आफूबाट कुनै आस समेत नराख्न सबै राजनीतिक दल तथा उम्मेदवार बनेका व्यक्तिलाई अनुरोध समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार