Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मह जोडीको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक

    मह जोडीको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 546
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय न्यायिक निरूपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरेको छ ।

    सोमबार साँझ जमलस्थित विश्वज्योति चलचित्र भवनमा फिल्मको विशेष प्रदर्शन गर्दै सार्वजनिक गरिएको हो । चलचित्र विशेष प्रदर्शनसँगै (मेट्रो न्युज युट्युब) मार्फत सार्वजनिक गरिएको हो ।



    चलचित्रमा पारिवारिक तथा सामाजिक जीवनसँग सम्बन्धित विवाद र समाधानका प्रयासमा न्यायिक समितिका काम, प्रक्रिया र चरणको कथा समेटिएको छ ।



    मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गरेको आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ ।

    चलचित्रमा मह जोडीसँगै वसुन्धरा भुसाल, रवि डंगोल, प्रदीप बास्तोला, नरेन्द्र कंसाकार, आरजु कार्की, शालिनी विष्ट भट्टराई, विगिसा अधिकारी, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार