Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • खुर्कोट–घुर्मी सडक एकतर्फी सञ्चालनमा

    खुर्कोट–घुर्मी सडक एकतर्फी सञ्चालनमा

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 819
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सुक्खा पहिरोका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

    खुर्कोट–घुर्मी सडकखण्ड अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुक्खा पहिरो खसेका कारण सवारी आवागमन अवरुद्ध भएको थियो ।



    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार अवरुद्ध राजमार्ग आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।



    उक्त स्थानमा मङ्गलबार दिउँसोदेखि सुक्खा पहिरो खस्न सुरु गरेको थियो ।

    पहिरो पूर्णरुपमा पन्छाउन सकिने अवस्थामा नरहेको र सडकको छेउको केही भागबाट सवारी एकतर्फी रूपमा सञ्चालन गरी सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार