Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रेस युनियन काठमाडौँको कावा अध्यक्षमा रेग्मी

    प्रेस युनियन काठमाडौँको कावा अध्यक्षमा रेग्मी

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 726
    SHARES

    काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन भएका छन् ।

    काठमाडौँ शाखाको रिक्त अध्यक्ष पदमा प्रेस युनियन केन्द्रको निर्णयानुसार उपाध्यक्ष रेग्मीले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।



    शाखाका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियनको हेटौँडामा गत साउन ६ र ७ गते सम्पन्न नवौँ महाधिवेशनमा उम्मेदवारी दिएसँगै विधानअनुसार जिल्ला अध्यक्ष पद स्वतः रिक्त भएको थियो ।



    विगत आठ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा स्थानीय समाचारदाताका रुपमा कार्यरत रेग्मी काठमाडौँ उपत्यकालाई आफ्नो क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार