Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • दक्षिण कोरियामा आँधीका कारण सात जनाको मृत्यु

    दक्षिण कोरियामा आँधीका कारण सात जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 930
    SHARES

    एजेन्सी । दक्षिण कोरियामा हिनामनोर आँधीका कारण सात जनाको मृत्यु भएको छ ।

    एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर उनीहरूको मृत्यु भएको हो । उनीहरु आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।



    उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरू पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।



    यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरूपमा डुबेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार