Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनको नाकाबन्दीले दसैं महँगो हुने, सयौं कन्टेनर चीनतर्फ अलपत्र

    चीनको नाकाबन्दीले दसैं महँगो हुने, सयौं कन्टेनर चीनतर्फ अलपत्र

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 987
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चीनबाट दसैंलगायत चाडपर्वका लागि आएका लत्ताकपडा तथा फलफूल कोरोना जोखिमको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी नाकाबन्द गर्दा व्यापारी समस्यामा परेका छन् । यसबाट उपभोक्तालाई दसैं महँगो हुने व्यापारीको भनाइ छ ।

    करिब एक महिनादेखि चिनियाँ पक्षले बिना सूचना नेपालतर्फको सिमाना सिल गर्दा सयौं कन्टेनर चीनतर्फ अलपत्र भएको व्यापारीको भनाइ छ । यसकै कारण यसपटक दसैं महँगो हुन जाने व्यापारीहरूको भनाइ छ ।



    हाल केरूङ तथा तातोपानीतर्फ गरेर करिब ४०० मालबाहक ट्रक तथा कन्टेनर सामान लोड गरेर बसेका छन् । नेपाल सरकारले चासो नदेखाएका कारण आफ्ना सामान फसेको व्यापारीको आरोप छ ।



    कतिपय कन्टेनरमा सड्ने तथा कुहिने फलफूल पनि रहेको भन्दै व्यापारीले आफ्नो बजार गुमाउने अनि उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था आएको उनीहरूको आरोप छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार