Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजार घटेको घट्यै, १ अर्ब माथिको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबारको कारोबारमा पनि ओरालो लागेको छ।

बिहीबारको कारोबारमा सेयर बजार परिसूचक २.१३ अंकले घटेको हो ।

आइतबार बढेको परिसूचक त्यसयता निरन्तर ओरालोतर्फ लाग्दा सेयर बजार मापक १९३७.७४ मा झरेको छ। बिहीबार बजार परिसूचक २.१३ तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले घटेर ३७६.८४ मा कायम रहेको छ।

बुधबारको कारोबारमा ८२ करोडमा खुम्चिएको बजार बिहीबार केही बढोत्तरी हुँदै १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३४ लाख १ हजार ६ सय ९२ कित्ता सेयर २२ हजार १ सय ७५ पटकमा किनबेच भएको थियो।

सामान्य अंकले बजार घट्दा ७ समूहको सेयर मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077