Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • कमेडियन अपूर्व क्षितिज हाजिर जमानीमा रिहा

    कमेडियन अपूर्व क्षितिज हाजिर जमानीमा रिहा

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 738
    SHARES

    काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई हाजिर जमानीमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको हो ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो ।



    जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।



    बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन सिंहलाई  प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार