Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बिपी कोइरालाको १०९औँ जन्मजयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।

वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्ने तय भएको छ ।

राष्ट्रिय सभा सदस्य एवं कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रसिद्ध साहित्यकार कोइरालाको जन्मजयन्तीमा ७७ वटै जिल्ला कार्यसमितिले उनको सम्झना गर्दै कार्यक्रम गर्ने बताए ।

उाका अनुसार जननायक कोइरालाको जन्मजयन्तीमा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा उहाँको प्रतिमामा माल्यार्पण गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077