Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावी तालमेलको विषयमा ओली र लोसपा अध्यक्ष ठाकुरबीच छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् ।

दुई जनाबीच मंगलबार, बुधबार र बिहीबार छलफल भएको हो । उनीहरुको बीचमा एमाले र लोसपा चुनावी तालमेलबारे कुरा भएको ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा लोसपालाई गठबन्धनमा भित्र्याउनका निम्ति अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोलाई आफ्नो भागबाट दुई सिट दिन तयार भएका थिए।

सत्ता गठबन्धनका तर्फबाट हालसम्म पनि सहकार्यको प्रस्ताव नआएपछि लोसपाले एमालेसँगको संवादलाई सघन बनाएको हो।

सत्ता गठबन्धनसँग पनि समानन्तर छलफल गरिरेहको लोसपालाई एमाले अध्यक्ष ओलीले आफ्नो कित्ता प्रष्ट बनाउन भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077