Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

बलात्कार प्रयासको आरोप लागेका उपमेयर महतो प्रहरी नियन्त्रणमा

सिराहा । महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका लहान नगरपालिकाका उपमेयर रामचलितर महतो लहान प्रहरीमा हाजिर भएका छन्।

आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब सवा तीन बजे इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

उपमेयर महतोले दिएको निवेदन दर्तालगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ।

महतोको स्वास्थ्य परीक्षणपछि शनिबारसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिराहा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

जागिर लगाइदिन्छु भन्दै गत १९ जेठमा आफ्नो कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको भन्दै लहानकी २१ वर्षीया महिलाले ४ साउनमा किटानी जाहेरी दिएपछि उपमेयर महतो सम्पर्कविहीन भएका थिए। सम्पर्कविहिन भएको ५१औं दिनमा उनी स्वयं प्रहरीमा हाजिर भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077