Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दार्चुलामा बाढी-पहिरोको वितण्डा : दुई जनाको मृत्यु, ११ बेपत्ता

दार्चुला । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र मोती ठगुन्नाको मृत्यु भएको हो ।

स्थानीयका अनुसार मृतक बालिका मोती ठगुन्नाको शव पुरिएको अवस्थामा फेला छ । शुक्रबार राति एकबजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ ।

यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन् । पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ।

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

हालसम्म ११ जना बेपत्ता भएको उनले जानकारी दिए । उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण आएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077