Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जंगल विनास गर्दा बाढीपहिरोको जोखिम बढ्दै गयो, डोजर आतंक बन्द हुनुपर्छ : मन्त्री यादव

    जंगल विनास गर्दा बाढीपहिरोको जोखिम बढ्दै गयो, डोजर आतंक बन्द हुनुपर्छ : मन्त्री यादव

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 831
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्ने बताएका छन् ।

    पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी जंगल विनास गर्दा बाढीपहिरोको जोखिम बढ्दै गएकाले जंगल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए ।



    उनले भने,’सडक चाहियो भन्दैमा डोजर लाएर जंगल मासेर डाँडा भत्काउने काम अब रोक्नुपर्छ । जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदै छ, त्यसको ख्याल गरेर मात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।’



    उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँगसँगै विनास निम्त्याएको उल्लेख गरे ।

    ‘म विकासको विरोधी होइन । तर, विकास गर्ने नाममा विनास ननिम्तियोस्,’ उनले भने,’हामीले गरेका विकासले दीर्घकालीन रूपमा सेवा देओस् । तर, हाम्रा विकासले विनासको जोखिम नल्याओस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार