Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार चौथो जित, शीर्ष स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लगातार चौथो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा काडिजलाई ४-० गोल अन्तरमा हराउँदै बार्सिलोनाले लगातार चौथो जित निकालेको हो ।

बार्सिलोनालाई जिताउन फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले समान एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बरबरीमा सकिएको खेलको दोस्रो हाफमा सबै गोल सम्भव भएको थियो। यो जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

समान खेलमा अंक बिहीन काडिज पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077