Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण गरिने

दार्चुला । दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।

अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

हालसम्म ५ जनाको शव फेला परेको छ भने १० जना बेपत्ता छ। पहिरोमा परी ८ जना घाइते भएका छन् । ८ जना घाइते मध्ये पाँचजनाको उपचार भइरहेको छ भने ३ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077