Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धनुषाको गंगासागर पोखरीमा पितृलाई जल चढाउनेको घुइँचो

    धनुषाको गंगासागर पोखरीमा पितृलाई जल चढाउनेको घुइँचो

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 981
    SHARES

    जनकपुरधाम । धनुषाको गंगासागर पोखरीमा आइतबार विहान देखि आफ्नो पितृको सम्झनामा जल तर्पण गर्नेको घुइँचो लागेको छ । सोह्र श्राद्धको पहिलो दिन काँक्रो र कुश लिएर दिवङ्गत पुर्खालाई जल चढाउने परम्परा छ ।

    सोह्र श्राद्धको पहिलो पितृलाई जल दिन गंगासागर पोखरीमा भारत र नेपालबाट हजारौंको संख्यामा श्रद्धालु सहभागी भएका हुन् ।



    दिवङ्गत पुर्खालाई तिथि मिलाएर तर्पण, पिण्डदान र ब्राम्हण भोजन गराउने परम्परा छ ।



    आश्विन कृष्ण पक्षदेखि सोह्र श्राद्ध सुरु हुन्छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ । तर्पणमा सहभागी १६ दिन सम्म माछा मासु नखाई नजिकको जलाश्यमा, पोखरी र नदीमा गएर पितृलाई पानी दिनेछन् परम्परा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार