Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकारी जग्गामा बाटोको नक्सा बनाउने कर्मचारीले पाए उन्मुक्ति, अख्तियारमै नापी प्रमुख कर्णको सेटिङ !

    सरकारी जग्गामा बाटोको नक्सा बनाउने कर्मचारीले पाए उन्मुक्ति, अख्तियारमै नापी प्रमुख कर्णको सेटिङ !

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.8K
    SHARES

    चितवन । मालपोत र नापी कार्यालयका कर्मचारीहरुले भूमाफियाहरुसँग मिलेर सरकारी जग्गामा बाटो कायम गर्ने काम गरेको तथ्य फेलापरेको छ । चितवन भरतपु्रस्थित पञ्चकन्याको अति मूल्यवान जग्गाको फाइल नक्सा बनाउने क्रममा जग्गा कारोबारी र नापी कार्यालय चितवनका तत्कालीन प्रमुख रमाकान्त आचार्य, नापी अधिकृत दामोदर वाग्लेसहितका कर्मचारीले सरकारी बाटो समेत राखेर नक्सा बनाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरी विशेष अदालतमा म्ुद्दा दायर गर्न लागेको थियो ।

    फाइल नक्सा बनाउँदा आकार प्रकार परिवर्तन गरी सरकारी बाटो समेत हालेको बिषयमा अख्तियारले बिस्तृत छानबिन गरेको थियो । ४ मिटर सरकारी बाटो हाली जग्गा कारोबारीहरुलाई करोडौं फाइदा पुर्याउने काम गरेका कार्यालय प्रमुख आचार्य र अधिकृत वाग्लेलाई अख्तियारले पटक पटक बयान लिइसके पनि मुद्दा दायर गर्न बिलम्ब गर्दैआएको छ । आचार्य र वाग्लेकै सेटिङमा नापी कार्यालय चितवनका प्रमुख गिरीशलाल कर्णले नक्सा सुधार गरेको भन्दै अख्तियारलाई लेखेका छन् ।



    घुस लिने कर्मचारीले घुस फिर्ता गर्दैमा उन्मुक्ति पाउन सक्दैन । तर नक्सा बनाउँदा आकारप्रकार परिवर्तन गरी सरकारी बाटो समेत राखी नक्सा बनाएका आचार्य र वाग्लेसहितका नापी कार्यालय चितवनका कर्मचारीलाई उन्मुक्ति दिने चलखेल अख्तियारमा समेत भइरहेको छ । अख्तियारमा भूमिब्यवस्था मन्त्रालय हेर्ने महाशाखाका कर्मचारीलाई समेत प्रभावमा पारी नक्सा सुधार गरेको भनी आचार्य र वाग्लेलाई उन्मुक्ति दिन खोजिएको छ । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार गरेको २२ बर्षपछि अख्तियारले मुद्दा दायर गरेको छ । तर चितवनमा ६ बर्षअघि फाइल नक्सा बनाउँदा आकारप्रकार परिवर्तन गरी नक्सा बनाउने आचार्य र वाग्लेलाई उन्मुक्ति दिने खेल भइरहेको छ ।



    नापी कार्यालय चितवनका प्रमुख गिरिश कुमार लाल कर्णले सरकारी बाटो हाली नक्सा बनाउने आचार्य र वाग्लेलाई जोगाउन नक्सा सुधार गर्नुभएछ नि ? भन्ने प्रश्नमा उनले सुरुमा सूचना अधिकृत शिखर पोखरेललाई सोध्नु भन्दै नम्बर दिए, पछि नक्सा सुधार गरी अख्तियारमा पठाएको अनलाइन नेपालसँग स्वीकार गरे । नापी प्रमुख कर्णले यसमा ठूलो आर्थिक चलखेल गरेको स्रोत बताउँछ । आचार्य र वाग्लेलाई कारबाही गर्नुपर्ने ठाउँमा कर्णले ठूलो रकम लिएर उनीहरुलाई जोगाउन भूमिका खेलेको समेत चितवन नापी कार्यायलका एक कर्मचारी बताउँछन् ।

    आकार प्रकार परिवर्तन गरी सरकारी बाटो राखी फाइल नक्सा बनाएर भूमाफियालाई लाभ पुर्याउने कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख रमाकान्त आचार्य अवकाश भइसकेका छन् भने नापी अधिकृत दामोदर वाग्ले हाल नापी कार्यालय ललितपुरमा कार्यरत छन् ।

    आचार्य यसअघि २०७२ असारमा एक लाख घूस लिएको आरोपमा पक्राउ परेका थिए । भरतपुरका मोतिबहादुर बरालीको खैरहनी नगरपालिकाभित्र रहेको छुट जग्गाको स्वामित्व दिलाइ दिने भन्दै आचार्यले बरालीसँग एकलाख रुपैयाँ घूस लिदालिदै उनलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार