Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाङ-२ बाट कृष्णबहादुर महरा उम्‍मेदवार सिफारिस

दाङ । दाङ क्षेत्र नं. २ बाट पूर्वसभामुख कृष्णबहादुर महराको नाम सर्वसम्‍मत उम्‍मेदवार सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सर्वसम्‍मत सिफारिस गरिएको केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए ।

२०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेर महरा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यसै क्षेत्रकाे लागि नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल पनि एकल सिफारिस भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077