Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रकाशमानलाई रवीन्द्रको प्रश्न - मैले अध्यक्षबाट दिएँ तपाईंले राजनीतिबाटै राजीनामा नदिने ?

काठमाडौं । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहलाई १५ प्रश्नसहितको जवाफ फर्काएका छन् ।

मिश्रबारे प्रकाशमानले सार्वजनिक टिप्पणी गरेपछि मिश्रले पनि ‘मलाई व्यङ्ग गर्ने ‘वरिष्ठ नेता’लाई १५ प्रश्न’ भन्दै बुँदागतरुपमा जवाफ फर्काएका हुन् ।

‘लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘वरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो।

तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो’ सामाजिक सञ्जालमार्फत मिश्रले भनेका छन् । उनले प्रकाशमानलाई पहिलो प्रश्नका रुपमा ‘ पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो ?

उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन ?’ मिश्रले प्रकाशमानले संसदमा खेलेको भूमिका, सम्पदा संरक्षणका लागि खेलेको भूमिकालगायतका विषमा प्रश्न गरेका छन् ।

[insert page='161558' display='yopanipadhnuhos.php']

मिश्रले प्रकाशमानले १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर केही गर्न नसकेको जिकिर गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077