Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

दाङ । विषालु च्याउ खाँदा दाङको तुलसीपुरमा एकै घरका पाँच जना बिरामी भएका छन् ।

आइतबार राति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी रहेका छन् ।

च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका उनीहरुलाई बाँकेको नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077